मुख्यमन्त्री,कानून र खानेपानी मन्त्रिद्धारा बज्रमारा सिंचाइ आयोजनाको संभाव्यता अवलोकन
जेठ २१, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका स्थित बज्रमारा सिंचाइ आयोजनाको संभाव्यता अवलोकन गरिएको छ ।
वडा नम्बर १,२ र ३ मा पर्ने दसौं हजार बिगाह उर्वर भूमि सिंचाइ हुनसक्ने बज्रमारा सिंचाइ आयोजनाको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुनमन्त्रि गंगानारायण श्रेष्ठ र खानेपानी,उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रि तिर्थ बहादुर लामाले बज्रमारा सिंचाइ आयोजनाको संभाव्यता अवलोकन गर्नुभएको हो ।
सिन्धुली, काभ्रे र मकवानपुर ३ जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पु¥याउन सकिन्छ । यस आयोजनाको डिपीआर समेत तयार भैसकेको छ ।
यस बहुवर्षीय आयोजनालाई आव. २०८०÷०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी मन्त्री शालिकराम जम्कट्टेल बताउनु भयो । उहाँले भन्नुभयो “केही बर्ष अघि म यहि बाटो भएर हिड्दा यहाँको उर्बर जमिन खुख्खा देख्दा सिँचाईको आबश्यकता रहेछ भन्ने अनुभती भएको थियो ।
मैले यसअघिका सिन्धुलीका बाट निर्वाचित सांसदहरु सँग पनि कुरा गरेको थिए” आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगानारायण श्रेष्ठको निर्वाचन क्षेत्र रहेको सो ठाउँको बागमती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा ६६ औं नम्बरमै छ । यस क्षेत्रलाई ५ वर्षभित्र प्रदेसकै नमूना क्षेत्र बनाउने मन्त्री श्रेष्ठले प्रतिबद्धता गर्नुभएको छ । सिँचाई भएसँगै रोजगार र उत्पादन पनि बढुने उहाँले बताउनु भयो ।
सुनकोसी मरिण डाइभर्सनले अबको केही वर्षभित्र मरिण र हरिहरपुरगढी गापामा अहिले बगर बनिरहेको लाखौं बिगाह जमिन उकास भई त्यसमा सिंचाइ हुने छ । बज्रमारा सिंचाइ आयोजनाले हरिहरपुरको दसौं हजारौं बिगाह सुख्खाग्रस्त जमिनमा सिंचाइ सुविधा पुग्ने मन्त्रि श्रेष्ठले बिश्वास ब्यक्त गर्नुभयो । साथै उहाँले बागमती प्रदेश सरकारले मरिण र हरिहरपुरलाई धान पकेट क्षेत्र र घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरि कृषि क्रान्ति ल्याउने कुरा तर्क ब्यक्त गर्नुभयो ।