भगवती माविको बाल क्लब तथा जुनियर रेडक्रसद्धारा अग्नि पिडितलाई सहयोग

बैशाख १५,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ स्थित भगवती माविका बालबालिकाहरू आवद्ध भगवती बाल क्लब र भगवती जुनियर रेडक्रस सर्कलले अग्नि पिडितलाई आर्थिक सहयोग गरेको छ । आज घटना स्थल कमलामाई नगरपालिका २ चियाबारीमा मै पुगेर बालिबालिका सहित बिद्यालयका प्रिन्सिपल कृष्ण उप्रेती र आर्थिक ब्यबस्थापन प्रमुख रमाकान्त सुबदीकोले अग्नि पिडितलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
विद्यालयको सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत बाल क्लब तथा रेडक्रस सर्कलका बालबालिकाबाटै जम्मा गरिएको नगद आगलागी पीडितलाई प्रदान गरिएको विद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले बताए।
भगवती बिद्यालयको सामाजिक दायित्व भन्ने नारा सहित सानै उमेरबाट बालबालिकाहरुलाई बिद्यालय जिवनदेखिनै सामाजिक कार्यमा सरिक गराउँदै समजप्रति उदरदायित्व बनाउने उदेश्यले राहात स्वरुप २५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरिएको बिद्यालयका प्रिन्सिपल कृष्ण उप्रेतीले बताउनु भयो ।
गत सोमबार भएको आगलागीबाट स्थानीयको पाँच घर जलेर नष्ट भएको थियो। आगलागीबाट एक करोड १६ लाखभन्दा बढीको क्षति भएको थियो। स्थानीय राजकुमार श्रेष्ठको घरबाट सल्केको आगोले कौशल थापा, योग बहादुर थापा र गंगा थापाको घर जलेसँगै उनीहरू बेघर भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *