हरिहरपुरगढीले एसइईमा उत्कृष्ठ अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई जनही ५० हजार दिने निर्णय

चैत्र १८, सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक स्तर उकास्न प्रोत्साहन गर्नको निम्ति नयाँ योजना निर्माण गरेको छ । माध्यमिक परिक्षा (एसइई) मा हरिहरपुरगढी गाउँपालिकाका सामुदायिक बिद्यालयहरुबाट सबैभन्दा उत्कृष्ठ नतिजा प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई जनही ५० हजार नगद प्रदान गर्ने भएको छ ।
पछिल्ला समय सामुदायिक बिद्यालयको एसइईमा खस्कदै गएकाले बिद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यपालिकाको बैठकबाट उत्कृष्ठ नतिजा प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई जनही ५० हजार नगद प्रदान गरिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले बताउनु भयो ।
त्यस्तै गाउँपालिकाले सामुदायिक शैक्षिक उपलब्धी तथा गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य सहित यसै शैक्षिक सत्र २०७९ को आधारभुत तह उत्तिर्ण कक्षा ८ को परिक्षामा गाउँपालिकाबाट सबैभन्दा उत्कृष्ठ अंक प्राप्त गर्ने १ जना छात्र र एक जना छात्रालाई जनही २५ हजार नगद प्रदान गरिने गाउँपालिकाले निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *