गोठमा आगोलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति

चैत्र १० सिन्धुली/घ्याङलेख गाउँपालिका वडा नम्बर १ पटबाँस स्थित मान बहादुर लोको गोठका आगलागी भएको छ । आज बिहान १० बजेको समयमा गोठमा आगो लाग्दा गोठमा भएका पशुचौपाय सहित गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
काठले बनेको खरले छाएको गोठमा आगोलागी हुँदा लो को १० वटा बाख्रा,५ वटा खसि र पाँच वटा पाठापाठी सहित २० वटा जलेर नष्ट हुदा २ लाख ५० हजार बराबरको क्षति भएको प्रहरी प्रमुख सिलवालले बताउनु भयो ।
अग्नि पीडित लो स्वयम नै आगो को राँको बोकेर गोठमा जाँदा आगोको झिल्कोले गोठमा आगो सल्किएर आगो लागि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *