फोनिज सिन्धुलीको छैठौँ साधारणसभा सम्पन्न

फागुन २३, सिन्धुली/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीको छैठौँ साधारण सभा सिन्धुलीमाढिमा सम्पन्न भएको छ । फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनको प्रमुख आतिथ्यतामा छैठौँ साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनले सत्य, तथ्य बुजेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । ब्यक्तिगत आस्था प्रत्यक मानिसमा हुन्छ तर दलगत रुपमा कसैलाई सिध्याउनकै लागि पत्रकारिता गरिएको पाइएकाले पत्रकारले आफ्नो धर्म निभाउन उहाँले आग्रह गर्नुभएको हो ।
फोनिजमा अबद्ध पत्रकारले लेखेको समाचारमा १०० प्रतिशत बिश्वासनियता हुनुपर्ने बताउनु भयो । जनजातीले झुट र दलगत भएर कोहि लाई उँचो र कोहिलाई गिराउने काम गदैँन सत्य तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्छ भन्ने बिश्वास समाजमा फैलाउन जरुरी रहेको बम्जनको भनाई छ ।

फोनिज पत्रकारलाई हेर्न दृष्टिकोण अझैपनि फरक रहेकाले समानताका लागि जनजाति पत्रकारहरुले गरिरहेको संघर्षमा हातेमालो गर्ने प्रदेश सांसद बम्जनले प्रतिबद्धता गर्नुभयो ।
फोनिजका संघिय महासचिव मिलन लिम्बुले फोनिजले थुप्रै वटा समस्याहरको अझैपनि सामाना गरिरहनु परेको बताउन भयो । स्थापनाको ३० औँ दशक सम्म संघर्ष गर्दा समेत यो समाजले फोनिजको अस्तित्व अझै सम्म पनि स्वीकार नगरेको महासचिव लिम्बुले बताउनु भयो । पत्रकारिता जगतले पनि फोनिजलाई पुर्ण रुपमा स्वीकार नगरेको गुनासो गर्नुभयो ।

पत्रकार महासघले फोनिजलाई हेर्नै दृष्टिकोण आज पनि उतिकै फरक पाइएको कताउनुहूदै उहाँले हिजो १० बर्ष समानताको लागि गरिएको संघर्ष र आज फोनिजद्धारा सामाजिक न्यायको लागि गरिरहेको संघर्षमा फरक नभएको महासचिव लिम्बुले बताउनु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल आदिवासि जनजाति महासंघ बागमती प्रदेशका अध्यक्ष काजिमान थिङले बागमती प्रदेशका सदस्यसँग अझै संघियताले ल्याएको संबिधानले ल्याएको ऐन, कानुन र मर्म बन्न बाँकि रहेकाले उक्त पहल लिन आग्रह गर्नुभयो ।

जनजाति प्रतिष्ठान र जनजाति आयोग दुबै संस्थाको अधिकार संघिय सरकारले तोकिए बमोजिमको हुने छ भनिए पनि संघिय सरकारले हाल सम्म अधिकार प्रदान नगरेकाले यस्ता कुरा लाई बहस गर्न प्रदेश साँसदसँग आग्रह गर्नुभएको हो ।
साथै आजै स्वर्गीय अन्जन राना मगरको प्रथम स्मृती कार्यक्रममा श्रमिती अनिता राना मगरलाई फोनिज सिन्धुलीको छैठौँ साधारण सभामा २५ हजारको चेक हस्तानतण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *