• माघ २९, सिन्धुली/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जब सम्म प्रणालीगत समस्याको दिर्घकालीन समाधान हुँदैन तबसम्म जनताले सोचेको जस्तो विकास र समृद्धि हुन नसक्ने बताउनु भएकाे छ ।
    सिन्धुलीको कमला जनज्योति माध्यमिक बिद्यालय सिलामेले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले राजनीतिक अस्थिरताका कारण विकासले गति लिन नसकेको बताउनु भएको हो ।
    संसदीय प्रणालीले देशमा राजनीतिक स्थिरता कायम हुन नसकेको मन्त्री श्रेष्ठको भनाई छ । मिश्रीत निर्वाचन प्रणलीलाई फेरेर पूर्णसमानुपातिक प्रणाली लागू गरे मात्र विकासले गति लिने मन्त्री श्रेष्ठले बताउनु भयो ।

    मन्त्री श्रेष्ठले भन्नुभयो “नीतिगत प्रणाली, संसदीय प्रणाली मिश्रित निर्वाचन प्रणालीले गर्दा देशमा राजनीतिक स्थिरता नभएका कारण जनताले सास्ती बेहोर्नु परिरहेको छ । निर्वाचनमा एउटा दलसँग गठबन्धन ग¥यौं तर निर्वाचपछि अर्को दलसँग मिलेर जानुपर्ने स्थिती पैदा भयो । राष्ट्रपतिको लागि निर्वाचनको मितीसम्म पुग्दा कतै यो गठबन्धन पनि तोडिने त हैन भन्दै आज नेपाली जनतालाई चिन्ता र चासोको बिषय बनेको छ । यो अस्थिरताको मुख्य कारण भनकै प्रणालीगत समस्या हो ।”


    मन्त्री श्रेष्ठले नेपाल सरकारको सय प्रतिशत बजेट मध्य २४ प्रतिशत बजेट मात्रै प्रदेश र स्थानीय सरकारले परिचालन गर्न पाउने अन्य बजेट संघीय सरकारले परिचालन गरिरहेको बताउनु भयो । यस्तो संघीयता संसारको कुनै पनि देशमा नभएको बताउनु हुँदै मन्त्री श्रेष्ठले यस्ता नीतिगत प्रणाली सुधार गर्न आबश्यक रहेको धारणा राख्नुभयो ।
    मन्त्री श्रेष्ठ २०३५ सालमा स्थापना भएको कमला जनज्योति माध्यमिक बिद्यालय सिलामेको पुर्ब बिद्याार्थी समेत हुनुुहुन्छ ।