• कात्तिक १९, सिन्धुली/वाम–लोकतान्त्रिक गठबन्धनले दुवै निर्वाचन क्षेत्रको घोषणा जारी गरेको छ । समृद्ध सिन्धुली निर्माणको वाचा सहित घोषणा पत्र जारी गरेको हो ।
    वाम लोकतान्त्रिक गठबन्धनले प्रत्यक घरमा विजुली, शुद्ध खानेपानी, इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ । निःशुल्क स्वास्थ्य र शिक्षा सम्बन्धि राष्ट्रिय नीति कार्यान्वयन गर्ने घोषणा गरिएको छ । सबै विद्यालयहरुलाइ सूचना एवम् प्रविधिमैत्री र अपाङ्गमैत्री वनाउने र प्रत्येक माध्यमिक विद्यालयहरुमा एक÷एक ओटा प्राविधिक विद्यालय सञ्चालन घोषणापत्रमा उल्लेख छ ।
    प्रत्येक स्थानीय तहमा एउटा सुविधा समपन्न आवसीय नमूना विद्यालय सञ्चालन गर्ने, शिक्षा क्षेत्रको व्यापारिकरण नियन्त्रण गर्दै वैज्ञानिक, व्यावहारिक एवम् गुणस्तरीय प्राविधिक शिक्षाको प्रवद्र्धन गर्ने घोषणा–पत्रमा उल्लेख छ ।

    घोषणा–पत्र
    शिक्षा क्षेत्र :

    • सबै विद्यालयहरुलाई सूचना एवम् प्रविधिमैत्री र अपाङ्गमैत्री बनाइने र प्रत्येक माध्यमिक विद्यालयहरुमा कम्तिमा एक/एक ओटा प्राविधिक विषय अध्ययन–अध्यापनको व्यवस्था मिलाइनेछ।
    • एक माध्यमिक विद्यालय, एक विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गरिनेछ ।
    • प्रत्येक स्थानीय तहमा एउटा सुविधा सम्पन्न आवसीय नमूना विद्यालय सञ्चालन गरिनेछ ।
    • प्राविधिक तथा व्यवसायिक शिक्षातर्फ अध्ययन गर्न विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
    • तीनै तहका सरकारहरुको समन्वयमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गरिनेछ ।
    • सामुदायिक क्याम्पस सञ्चालनमा सहजताको लागि प्राध्यापक अनुदानको प्रवद्र्धन गर्न पहल गरिनेछ ।
    • शिक्षा क्षेत्रको व्यापारीकरण नियन्त्रण गर्दै वैज्ञानिक व्यवहारिक एवम् गुणस्तरीय प्राविधिक शिक्षाको प्रवद्र्धन गरिनेछ ।
    • सञ्चालनमा आएको दिवा खाजा वापतको रु १५ अपर्याप्त भएकाले कम्तिमा २५ पु¥याउने व्यवस्था मिलाइनेछ ।

    स्वास्थ्य क्षेत्रः

    • निःशुल्क स्वास्थ्य र शिक्षा सम्बन्धि राष्ट्रिय नीति कार्यान्वयन गरिनेछ ।
    • प्रत्येक परिवारसम्म स्वास्थ्य विमाको पहुँच पु¥याइनेछ ।
    • प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा विशेषज्ञ सहितको १५ वेडसम्मको अस्पताल स्थापना गरिनेछ ।
    • सिन्धुली जिल्लामा विशेषज्ञ सेवासहितको न्युनतम १०० शैøया (बेड) को अस्पताल निर्माण गरिनेछ ।

    सडक तथा यातायात क्षेत्रः

    • सबै बस्तीसम्म सडक सञ्जाल निर्माण गरिनेछ ।
    • खट्टार धुराबजार सडकलाई ११ मिटरको सहरी सडकमा बदल्ने, सवारी साधनको चापलाई ध्यानमा राख्दै बाइपास सडकको व्यवस्थापन गरिनेछ ।
    • कमलामाई चक्रपथ सडक पाँच वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
    • सबै वडा सदरमुकामसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी पक्की सडक निर्माण गरिनेछ ।

    विद्युतीय क्षेत्रः

    • प्रत्येक घरमा विद्युत जडान गरी दुरसंचार सेवा र इन्टरनेट सेवा उपलब्ध गराईनेछ ।
    • घरायसी रुपमा खपत हुने न्यूनतम २० युनिटसम्मको विद्युत निःशुल्क गरिने साथै लिफ्ट खानेपानी र सिचाइका क्षेत्रमा लाग्ने विद्युतलाई निःशुल्क गरिनेछ ।

    पर्यटन क्षेत्रः

    • ऐतिहासिक सिन्धुली गढी, हरिहरपुरगढी, कालीमाई, कमलामाई, सिद्धबाबा, कुसेश्वर मन्दिर, विपि संग्राहलय लगायतका क्षेत्रको सौन्र्दयीकरण र पर्यटकीय स्थलको रुपमा विकास गर्ने र प्रचार प्रसार गरिनेछ ।
    • महाभारतलाई संरक्षरण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
    • महाभारत डाँडा लाखाङदेखि सातदोबाटो फापरचुली हुँदै सुनकोशीको मतानबाससम्म पर्यटन क्षेत्रको विकास गर्न पदमार्गको निर्माण गरिनेछ ।
    • लोपान्मुख तथा सिमान्तकृत तथा अल्पसङ्ख्यक समुदायको परम्परागत संस्कृतिको सम्बद्र्धन, प्रवद्र्धन गरी उनीहरुको संस्कृतिको जगेर्ना गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
    • सिन्धुली कलाघरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।

    उत्पादनको क्षेत्रः

    • औद्योगिक पँजीको विकास गर्दै बृहत्तर रोजगारीको सिर्जना गर्ने तथा आयात घटाएर निर्यात बढाइनेछ ।
    • राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणको पहल र सचेतन् नेतृत्व गरिनेछ ।
    • उत्पादन र रोजगार केन्द्रित नीति, योजना र कार्यक्रम निर्माण गरिने र व्यवहारिक कार्यान्वयनमा जोड दिइनेछ ।
    • जनताको दैनिक जीवनस्तरमा आमुल परिवर्तन ल्याई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारीको ग्यारेन्टी गर्ने अभियानको नेतृत्व गरिनेछ ।
    • प्राप्त उपलब्धिको रक्षा, संविधानको सफल कार्यान्वयन गर्न विकास, समृद्धि र समाजवादको कुशल नेतृत्व प्रदान गरिने।

    कृषि क्षेत्रः

    • कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायिकीकरणमा जोड दिइनेछ ।
    • कृषि उत्पादनमा प्राविधिक सहयोग गर्ने र उत्पादित बस्तुको बजारीकरणको जिम्मा लिइनेछ।
    • १५ वर्षभित्र कृषिमा आत्मानिर्भर बन्ने योजना निर्माण गरी कार्यन्वयन गरिनेछ ।
    • परम्परागत भूस्वामित्व प्रणालीमा परिवर्तन र वैज्ञानिक भूमिसुधार नीति निर्माण गरिनेछ ।
    • सबै किसानका निम्ति ५ वर्ष भित्र कृषि तथा पशुपालन विमा कार्यक्रम सञ्चालन गरिनेछ ।
    • कृषिजन्य उद्योग सञ्चालन गर्न उद्योगीहरुलाई सहुलियत व्याजदरमा वित्तीय संस्थाबाट ऋण प्रवाह गरिनेछ ।
    • एकीकृत कृषि विकास योजना निर्माण गरी लागू गरिनेछ ।
    • कृषि योग्य जमिनको संरक्षण गरी उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

    नदी नियन्त्रण तथा पुल

    • सिन्धुली जिल्लाका सबै खोला खहरे नदीहरुको नियन्त्रण गर्ने वस्तुगत योजना निर्माण र कार्यन्वयन गरिनेछ ।
    • सबै खाले नदी, खोला तथा खहरे नियन्त्रण गर्दै वृहत सिँचाइ आयोजना निर्माण गरिने छ साथै ५ वर्षभित्र आधारभूत सिँचाइ सुविधा उपलब्ध गराइनेछ ।

    खानेपानी क्षेत्रः

    • एक परिवार एक धाराको नीतिलाई कार्यान्वयनमा ल्याइनेछ ।
    • सबैका लागि ५ वर्षभित्र शुद्ध खानेपानीको सुनिश्चितता गरिनेछ ।
    • शहरीकरण तथा बस्ती विकास क्षेत्र ः
    • कमलामार्ईको माढीबजार, मरिण गाउँपालिकाको छाप बजार, हरिहरपुरगढीको झन्झने, सुनकोशीको रातमाटालाई आधुनिक सुविधा सम्पन्न सहर निर्माण गर्ने, घ्याङ्लेखलाई पर्यटकीय सहरनिर्माण गरिनेछ ।
    • अव्यवस्थित बसोबास गरेका भूमिहीन नागरिकलाई जग्गाको स्वामित्वसहित जग्गाधनी प्रमाण पुर्जा वितरण गरिनेछ ।

    युवा तथा महिला लक्षित कार्यक्रमः

    • महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरि महिलाहरुको क्षमता अभिवृद्धि गरिनेछ ।
    • राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी र कलाकार उत्पादन गर्न खेलमैदान र कला साँस्कृतिक केन्द्र स्थापना गरिनेछ ।
    • महिला विशेषका रोगहरु पाठेघर, स्तन क्यान्सर, पाठेघर खस्ने, पिसाव चुहिने जस्ता रोगको पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ ।
    • बेरोजगार युवाहरुका लागि कम्तीमा वार्षिक १०० दिनको रोजगारीको सुनिश्चितता सहितको व्यवस्था मिलाइनेछ ।
    • गर्भवती महिलाहरुलाई एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गरिनेछ ।
    • पोषण कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
    • वैदेशिक रोजगारीलाई विस्थापनका लागि उत्पादन र रोजगारमूलक नीति, योजना र कार्यक्रम निर्माण गरी व्यवहारिक कार्यान्वयनमा जोड दिइनेछ ।

    समाजिक सुरक्षा क्षेत्रमा गरिकएका प्रतिबद्धताहरु ः

    • राज्यको हरेक अङ्गमा समावेशी, समानुपातिक प्रतिनिधित्व गराइनेछ ।
    • प्रत्येक जेष्ठ नागरिकको भत्ता तथा अन्य सामाजिक सुरक्षा भत्ता वृद्धि गरिनेछ ।
    • अल्पसङ्ख्यक, लोपान्मुख तथा सिमान्तकृत नागरिकहरुको उच्च शिक्षासम्मको शिक्षा निःशुल्क गरिनेछ ।
    • प्रत्येक स्थानीय तहमा भाषा नीति निर्माण गरी स्थानीय मातृभाषाको संरक्षण र प्रवद्र्धन गरिनेछ ।
    • परम्परागत मौलिक कला तथा संस्कृति र रैथाने सीपको प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।