प्रतिगमनकारी शक्ति हराउन मतदान गर्ने होः नेता बम्जन

असोज २९, सिन्धुली/नेपाली काँग्रेसका महासमिति सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा १ का बम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार छेत्र बहादुर बम्जनले देशमा राजनीतिक स्थायित्व, संवृद्धि र विकासका लागि प्रतिगमनलाई देशबाट सफा गर्न गठबन्धन दललाई मतदान गर्नुपर्ने वताउनु भयो ।
शनिवार मरिणमा सम्पन्न गठबन्धन दलको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता बम्जनले भन्नुभयो “अहिले माओवादीले काँग्रेसलाई र काँग्रेसले माओवादीलाई भोट हाल्ने मात्र नभईकन देशमा रहेको प्रतिगमनलाई हराउन मतदान गर्नु पर्छ, प्रतिगमनकारी ओलीको पत्तासफ नभई देशले निकाश पाउँदैन, त्यसैले सबैले अर्को दलमा मतदान गर्नु प¥यो भनेर किन्न नहुनुस्, यो परिस्थितिले जन्माएको इतिहाँस हो, हामीले एउटै मात्र अठोट लिनु जरुरी छ, प्रतिगमनकारी शक्ति पत्तासाफ हुनुपर्छ ।”
कार्यक्रममा बोल्दै नेता बम्जनले भन्नुभयो “मरिणको काँग्रेसीले किन्न मन नगर्नु, मरिणमा तापाईहरुले माओवादीमा भोट हाल्नुस्, देशै भरी माओवादीले ९१ सिटमा काँग्रेसले भोट हाल्छ । प्रेदेश सभा २(१) मा मलाई माओवादीहरुले भोट हाल्नु हुन्छ । यो ओलीको संकिले निम्त्याएको परिस्थिति हो । ओली जस्ता संकी, प्रतिगमनकारी शक्तिलाई मुन्टो उठाउन नदिन गठबन्धन दल एक ठाउँमा उभिनु जरुरत छ ।”
नेकपा माओवादी केन्द्र मरिण गाउँपालिका कमिटिको अध्यक्ष काजीमान थिङको अध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नं. २ का बाम लोकतान्त्रि गठबन्धनका साझा उम्मेद्वार लेखनाथ दाहाल (राजन)को प्रमुख आथित्यतामा भएको बैठकमा प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश २ का उम्मेदवार गंगानारायण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रिय अनुशासन आयोगका सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ का संयोजक बसन्त माझी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति निर्वाचन क्षेत्र नं. २ का सह–संयोजक कुमार ढकाल लगाएतले मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *