• नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) सिन्धुलीको कार्यालय भवन निर्माणका लागि जन्मदिनको अबसरमा हास्य कलकार दिनेश काफ्लेले ३३ हजार ३ सय ३३ रूपैयाँ सहयोग गर्नु भएको छ ।

    जन्मदिनको अबसरमा आज राष्ट्रिय हस्य कलाकार काफ्फेले पार्टी अध्यक्ष राजन दाहालाई सो रकमको चेक हस्तान्तरण गर्नु भएको हो । अहिले जन्मदिन चलन भड्किलो भएकोले त्यसलाई निरूत्साहित गर्न आफूले आस्था राखेको पार्टीको कार्यालय भबन निर्माणको लागि आफ्नो जन्मदिनमा हुने खर्च वापतको रकम सहयोग गरेका कलाकार काफ्लेले वताउनु भयो । सिन्धुलीमा जन्मी सिन्धुलीबाट नै कलकारिता सुरूवात गर्नु भएको काफ्लेले चर्चित हास्य कलकारको छवि वनाई सक्नु भएको छ ।

    पार्टी कार्यालय निर्माणको लागि २० दिनमा १ करोड २८ लाख सहयोग

    २० दिनमा १ करोड २८ लाख भन्दा वढी सहयोग संकलन भएको छ । असार ९ गते जिल्ला पार्टी अध्यक्ष दाहालले पार्टी कार्यालय भवन को लागि जग्गा खरिद तथा भबन निर्माणका लागि सहयोगको अपिल गर्नु भएको थियो ।

    हाल सम्म १ करोड २८ लाख ७३ हजार ८ सय ९० रूपैयाँ सहयोगका प्रतिबद्दता आएको र २५ लाख भन्दा वढी रकम संकलन नै भई सकेको माओवादी केन्द्र सिन्धुलीका संगठन विभागका नेता गणेश रत्नले जानकारी दिनु भयो ।

    प्रतिवद्दता जनाएको रकम संकलन पनि तिब्र भई रहेको नेता रत्नले जानकारि दिन ु भयो । करोड लागत स्टमेटको पार्टी कार्यालय भवन निर्माणको लाागि पार्टी सदस्य तथा शुभचिन्तकको सहयोगमा नै निर्माण गर्ने लक्ष्य लिईएको छ ।