• सिन्धुली/विश्व वातावरण दिवसको अवसरमा कमलामाई नगरपालिकाले डङम्पिङ साईडमा वृक्षरोपन गरिएको छ । कमलामाई नगरपालिकाले वडा नं. ५ रातमाटामा रहेको ड्रम्पिङसाईडको वगैचामा धुपिजातका विरुवा रोपेर वातावरण दिवस मानाएको हो ।
    विश्वमा फैलिरहेको कोभिड–१९ को कारण वृहत कार्यक्रम गर्न नमिल्ने भएकोले सामान्य कार्यक्रम गरेर वातावरण दिवस मनाएको कमलामाई नगरपालिकाले जनाएको छ । कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकीय अधिकृत पुरुसोतम सुवेदी, नगरपालिकाका प्रवक्त कर्णबहादुर घिसिङ लगाएतको उपस्थिति रहेको थियो । वातावरण दिवस सन १९७३ जुन ५ बाट “वातावरण बचाऊ र भएको एउटै जीवयुक्त पृथ्वी वचाउ” भन्ने नाराका साथ मनाउन थालिएको थियो ।