खानेपानी संकटमा परेका ३९ घरधुरीलाई ड्रम

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले ३९ घरधुरीलाई ५०० लिटर क्षमताको पानी भण्डारण गर्नको लागि ड्रम वितरण गरेको छ ।

कमलामाई १ डाडिगुराँसेमा विद्युत सर्ट भएर खानेपानीको मोटर बिग्रिएपछि करिब एक महिनादेखि खानेपानीको समस्या भोगिरहेका ३९ घरधुरीलाई नगरले ५०० लिटर क्षमताको पानी भण्डारण गर्न ड्रम वितरण गरेको हो ।नगरले सोमबार एक कार्यक्रमको आयोजना गर्दे ड्रम वितरण गरेको जानकारी दिएको छ ।

मोटर बिग्रिएपछि डाडिगुराँसेबासीले दैनिक उपभोगका लागि पानि प्रयोग गर्न करिब एक घण्टा टाढा हिड्नुपर्ने अवस्था भोक्दै आएका थिए । पानीको अभावका कारण घरायसी कामकाजदेखि दैनिक जीवनसम्म सम्म निकै प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।

यसैबीच नगरपालिकाले प्रत्येक प्रभावित घरधुरीलाई एक–एक वटा ५०० लिटर क्षमताको पानी भण्डारण गर्ने ड्रम उपलब्ध गराएको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।उहाँको अनुसार हाल भने खानेपानी मोटर मर्मत भई सञ्चालनका लागि तयार भएको छ ।

 

नगरपालिकाले ड्रम उपलब्ध गराएपछि पानी भण्डारण गर्न सहज हुने भन्दै डाडिगुराँसेबासीले नगर प्रमुख र नगरलाई धन्यवाद व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *