कलाघरमा ३ दिने ‘कला महोत्सव’

सिन्धुली/सिन्धुलीको कलाघरले चैत्र ३० गते सोमबार देखि तीन दिने कला महोत्सवको आयोजना गरेको छ।

महोत्सवको औपचारिक उद्घाटन बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्नुहुनेछ। चैत ३० गते देखि आगामी बैशाख २ गतेसम्म महोत्सव सन्चालन हुने आयोजकले जानकारी दिएको छ।

कलाघरका अध्यक्ष सुमन थापामगरले भन्नुभयो ुविश्वका १९५ देशलाई कला मार्फत सजाई वल्डआर्ट हाउसको रुपमा बिकास गर्ने हाम्रो दीर्घकालीन योजना छ। यो लक्ष्य पूरा गर्न हामी रात दिन नभनी खटीरहेका छौँ ।ु कलाघरका उपाध्यक्ष पवित्रा रम्तेलका अनुसार यो योजना पूरा गर्न कलाघरका कलाकारहरु कलाकर्मी मात्र नभै वास्तविक ज्यामी भएर अहोरात्र कर्म गरिरहेका छन् । जुन कुरा आम नागरिकले पनि देख्न सक्छन् ।

“ऐतिहासिक सिन्धुलीगढी संगै सिन्धुली कलाघर घुम्न जाऔँ, राष्ट्रिय कला महोत्सवमा रमाऔँ” भन्ने मूल नाराको साथ सञ्चालन गर्न लागिएको कला महोत्सव
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३, चपौलीमा सञ्चालन हुनेछ । नेपाली मौलिक कला संस्कृतिको प्रचार तथा आन्तरिक बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली कलाघरको प्राङ्गणमा कला महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा पराम्परागत दर्शक सहभागितामा खेल खेलाइने, मौलिक झाँकी लोकनृत्य तथा लोकबाजाहरुको प्रदर्शन, चित्रकला, मुर्तीकला र हस्तकला प्रदर्शन गरिने छन् । लागुपदार्थ दुर्ब्यसनी, महिला हिंसा, सरसफाइ तथा अन्य समसामयिक बिसयमा तयार पारिएको नाटक पनि महोत्सबमा प्रस्तुत गरिनेछ।

महोत्सवकै अवसर पारेर मादल बादकहरुको उपस्थितीमा सिन्धुली कलाघरमा नवनिर्मित दुई सय जना अटाउने हल सहितको मादल घरको पनि समुद्घाटन गरिने कार्यक्रम रहेको बताइएको छ। महोत्सव अवलोकनका निम्ति आयोजकले सबैलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *