तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले गरेको चेकजाँचमा ३ जना नियन्त्रणमा

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा आज शनिबार चेकजाँच गर्ने क्रममा प्रहरीले लागु औषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले गरेको चेकजाँचमा ३ जनालाई नियन्त्रणमा लिएको हो ।

उहाँको अनुसार चेकजाँचको क्रममा सिराहाको लाहान बाट काठमाण्डौं आउदै गरेको मधेश प्रदेश ०१–००१ ख ०६२८ नम्वरको हायस बाट सिरहाको बरियापट्टी गाउँपालिका ४ का २४ बर्षिय उदित नारायण राय अमात र इटहरी बाट काठमाडौ तर्फ आउदै गरेको बागमती प्रदेश ०१–००२ ज ७५९९ नं. को ट्याक्सीको पछाडीको सिटमा सवार मोरङ बेलबारी नगरपालिका १० का ३७बर्षिय पदम बहादुर जोगीलाई नयन्त्रणमा लिएको हो ।

यस्तै काकडभिट्टा बाट काठमाण्डौ जादै गरेको प्रर्देश ३–०१–००५ ख ९६६० नं. को हायसमा सवार झापाको मेचीनगर नगरपालिका २ का २४ बर्षिय निकास आले पनि लागुऔषध सहित नियन्त्रणमा परेकाछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *