फिक्कलमा बजार अनुगमन गरी अखाद्य वस्तु नष्ट

सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिका आज शनिबार बजार अनुगमन गरी अखाद्य वस्तु नष्ट गरीएको छ ।

पालिकाको अनुसार अनुगमन फिक्कल गाउँपालिका स्तरिय बजार अनुगमन समितिले गरेको हो ।

फिक्कल गाउँपालिकाको अनुसार गाउँपालिका भित्र रहेका ६ वटै वडाका बजार क्षेत्रहरूमा गाउँपालिकाद्वारा गठित बजार अनुगमन टोली बाट १०१ वटा व्यवसाय पसलहरुलाई अनुगमन गरिएको छ भने ३९ वटा व्यावसायिक पसल बाट अखाद्य सामाग्री बरामद गरिएको पालिकाले जानकारी दिएको छ ।

उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष तथा फिक्कल गाउँपालिकाका पालिका उपाध्यक्ष राजु बराल नेतृत्वको टोलीले मूल्यसूची, व्यवसाय दर्ता नवीकरण, गुणस्तर लगायतका विभिन्न सूचकहरु अनुगमन गर्नुभएको छ भने उहाँले व्यावसायिहरुलाई सुधारका लागि निर्देशन समेत दिनुभएको छ ।

बजार अनुगमनको क्रम्मा व्यावसायिक पसलबाट अखाद्य वस्तु तथा म्याद गुज्रेका वस्तु बरामद गरि नष्ट गरिएको पालिकाले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *