लागु औषधसहित दुई जना नियन्त्रणमा

सिन्धुलीसिन्धुली/मा लागु औषधसहित दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार वी.पी. राजमार्ग अन्तर्गत सिन्धुलीको भिमानमा गरिएको संयुक्त प्रहरी चेकिङको क्रममा दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उहाँको अनुसार चेकजाँचको क्रममा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ख ७१२६ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–५ निवासी २४ वर्षीय उज्ज्वल कार्कीको साथबाट विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ ।

प्रहरीले उनको झोलाभित्र लुकाएर राखिएको सेतो प्लास्टिकबाट स्पासटेन –४३ र ट्रामाडोल–४३ नामका ट्याब्लेटहरू फेला पारेको छ । साथै उनले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा रातो प्लास्टिक टुक्रामा ७ ओटा पोका पारेर लुकाइएको खैरो हेरोइनजस्तो देखिने गिलो पदार्थ ०.३२४ ग्राम समेत बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै अर्को सवारी साधन धरानबाट काठमाडौं तर्फ जाँदै गरेका बा.३ ख ७७९५ नम्बरको हायसमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–१ निवासी ३१ वर्षीय मीनकुमार चौधरीको साथबाट पनि लागुऔषध फेला परेको छ । उनको झोलाभित्र रहेको जिन्स पाइन्टको अगाडिको खल्तीमा कालो प्लास्टिकमा बेरी लुकाइएको खैरो हेरोइनजस्तो देखिने पदार्थ ३.१५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको करिब १५ सदस्यीय टोलीले आज शुक्रबार बिहान करिब करीव १० बजे कमलामाई नगरपालिका–९ भिमानस्थित विपी राजमार्ग खण्डमा सवारी साधनहरूहरुको चेकजाँच गरेको थियो । सो क्रममा तालिम प्राप्त ड्रग–ट्रयाकर कुकुर ‘जुनु’ को सहायतामा यात्रु तथा उनीहरूले बोकेका सामानहरूको सूक्ष्म परीक्षण गरिएको प्रहरीले जानकारी दिएका छ ।

प्रहरीको अनुसार दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *