आउँदो वैशाख ८ गतेदेखि सिन्धुलीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

सिन्धुली/सिन्धुलीमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।

सिन्धुली जिल्ला खेलकुद विकास समितिले आज शुक्रबार एक सूचना प्रकाशन गर्दे १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने जानकारी दिएको हो ।

प्रतियोगिता यहि आउँदो वैशाख ८ गतेदेखि १० गतेसम्म कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा सञ्चालन हुने छ ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको प्रतियोगिता संचालनका लागी व्यवस्थापन तथा निर्देशन समितिको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको सिन्धुली जिल्ला खेलकुद विकास समितिले प्रकाशन गरेको सूचनामा उल्लेख गरीएको छ ।

तिन दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फ भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, उसु लगायतका खेलहरू समावेश गरिएको छ ।प्रतियोगिताको उद्धघाट आउँदो वैशाख ८ गते बिहान १० बजे गरीने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *