कमलामाईमा अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाइने

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने भएको छ ।

हिजो बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन निर्णय गरेको हो ।

कमलामाई नगरपालिका वडा नं. ६ स्थित नगर कार्यपालिका भवनको पूर्वपट्टी रहेको स्टल बजार भएको भवन लगायत मिति २०७२ को महाभूकम्प पश्चात रातो स्टिकर प्राप्त सार्वजनिक भवन तथा नगर क्षेत्र भित्रका हाट बजार क्षेत्र, बसपार्क क्षेत्र, सार्वजनिक जम्घटका कुनै स्थान, सडक किनारा, विद्यालय क्षेत्र साथै सार्वजनिक जग्गामा नगरपालिकाको अनुमति नलिई निर्माण भएका संरचनाहरु हटाउन पालिकाले आग्रह गरेको छ ।

पालिकाको अनुसार ३५ (पैंतिस) दिने सार्वजनिक सूचना प्रकाशन गर्ने र सो अवधि भित्र पनि नभत्काएमा नियमानुसार सरोकारवाला कार्यालयहरुसँग समन्वय गरी नगरपालिकाबाट नै भत्काई हटाउने निर्णय गरेको पालिकाले प्रकशन गरेको पत्रमा उल्लेख गर्रीएको छ ।

यस निर्णयलाई नगरको समुचित विकास र सार्वजनिक हितका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *