फिक्कलमा आउँदो बैशाख १ गते अल्ट्रा म्याराथान प्रतियोगिता सञ्चालन हुने
सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा यहि आउँदो बैशाख १ गते तेस्रो खुल्ला फिक्कल अल्ट्रा म्याराथान (महिला तथा पुरुष) २०८३ सञ्चालन हुने भएको छ ।
गाउँपालिकाले हिजो मंगलबार एक सूचना प्रकाशन गर्दै यहि बैशाख १ गते अर्थात २०८३ सालको पहिलो दिन फिक्कल गाउँपालिका ३ मा तेस्रो खुल्ला फिक्कल अल्ट्रा म्याराथान (महिला तथा पुरुष) प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।
पालिकाको अनुुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरुलाई यहि चैतको अन्तिम दिन अर्थात् चैत महिनाको अन्तीम दिन ३० गते सम्म नाम दर्ता गराउनको लागि गाउँपालिकाले सूचना मार्फत आग्रह समेत गरेको छ ।
प्रतियोगिता पालिकाको ३ नम्बर वडा कार्यालय देखि फिक्कको चुचुरोसम्म सञ्चालन हुने छ भने प्रतियोगिता बिहान ठिक ७ बजेदेखि सुरु हुने गाउँपालिकाले प्रकाशन गरेकोपत्रमा उल्लेख गरीएको छ ।
पालिकाको अनुसार प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुले आफ्नो खान र बस्नको सम्पूर्ण व्यबस्था स्वयंले नै गर्नुपर्ने छ ।
तेस्रो खुल्ला फिक्कल अल्ट्रा म्याराथान (महिला तथा पुरुष) प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

