फिक्कलमा चार नाल बेवारिसे भरुवा बन्दुक फेला

सिन्धुली/सिन्धुलीमा आज बुधबार प्रहरीले चार नाल बेवारिसे भरुवा बन्दुक फेला पारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकश सुवेदीको अनुसार जिल्लाको फिक्कल गाउँपालिका १ महादेब डाँडा स्थित दमार जङ्गलमा भरुवा बन्दुक फेला पारेको हो ।

उहाँको अनुसार स्थानिय मार्फत भरुवा बन्दुकको बारेमा प्रहरी चौकी तोश्रामखोलामा जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी तोश्रामखोलाबाट प्रहरी सहायक निरीक्षक उमा शंकर रामको कमाण्डमा ४ जनाको टोली घटना स्थलमा पुगेको थियो ।

उक्त स्थानमा पुगेर हेर्दा दमार बनमा पतकरले छोपेको अवस्थामा चार नाल भरुवा बन्दुक खाली अबस्थामा फेला परेको हो । भरुवा बन्दुक हालसम्म पनि कस्को हो भन्ने नखुलेको हुँदा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकश सुवेदीले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *