दुई राजमार्गमा लापसे चेकजाँच

सिन्धुली/सिन्धुलीमा आज (शुक्रबार) विपि राजमार्ग तथा मदन भण्डारी राजमार्गमा चल्ने सार्बजनिक सवारी साधनका चालक र सहचालकहरुको लापसे (लागु पदार्थ सेवन) चेकजाँच गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार लापसे (लागु पदार्थ सेवन) चेकजाँच आज बिहान ८ बजेको समयमा कमलामाई नगरपालिका ९ भिमान बसपार्क स्थित चेकपोष्टमा गरीएको हो ।

सुवेदीको अनुसार ३४ वटा साना तथा ठुला सबारी साधन चेकजाँच गरीएको थियो । जस्मा ४ वटा सवारी साधनका चालकले लापसे सेवन गरि गाडी चलाएको पाईएको छ ।

प्रहरीका अनुसार भिमानबाट बर्दिबास तर्फ जादै गरेको ना १ क ५१०७ नं. को टिफर चालक महोत्तरीको गौशाला नगरपालिका १२ बस्ने अन्दाजी २४ बर्षीय अमित कुमार झा, उदयपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १–०२–००१ ज ४४७० नम्बरको ईभी चालक मोरङको वेलघारी नगरपालिका ८ बस्ने ४१ बर्षीय चक्र निरौला,सिन्धुलीबाट बर्दिबास तर्फ जादै गरेको ना ६ ख १३७९ नम्बरकोे ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ बस्ने अन्दाजी ३१ बर्षीय बिशाल मगर र बिरगंजबाट धरान जाँदै गरेको ना ४ ख ३२१४ नम्बरको ट्रक चालक खोटाङको बराहापोखरी गाउँपालिका १ बस्ने २५ बर्षीय दिपक मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो । उनीहरुलाई अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय भिमानमा राखिएको छ ।

प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको प्रहरी टोली, जिल्ला टा«फिक प्रहरी कार्यालय सिन्धुलीको टोली, अस्थाई ट्राफिक पोष्ट भिमान बाट खटिएको टोली र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएका स्वास्थ्य कर्मीकोे संयुक्त टोलीले लापसे चेकजाँच गरीएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *