सिद्धज्योति शिक्षा क्याम्पसमा एक करोड पचास लाख रुपैयाँको दिगो अक्षयकोष स्थापना
सिन्धुली /गरीब , असहाय , विपन्न र जेहेन्दार बिध्यार्थीहरुले आर्थिक अभावका कारण विदेश जानुपर्ने , बीचैमा पढाइ छाड्नुपर्ने जीवनभर गरीबीमा जुधिरहनुपर्ने समस्यालाई न्यून गर्ने उद्देश्यले सिद्धज्योति शिक्षा क्याम्पसले दिगो अक्षयकोष स्थापना अभियानको औपचारिक सुरुवात गरेको छ ।
सिद्धज्योति शिक्षा क्याम्पसका प्रमुख नानिबाबु घिमीरेको अनुसार एक करोड पचास लाख रुपैयाँको दिगो अक्षयकोष स्थापना गरीएको हो ।
क्याम्पसका प्रमुख घिमीरेले समाजका हरेक तहका व्यक्तिहरूको साथ र सहयोगले मात्र शिक्षामा सम्मान पहुँच सुनिश्चित गर्न सक्छौं उहाँले भन्नुभयो ।त्यस्तै आगामी दिनमा अझै धेरै व्यापक रूपमा सहयोग संकलन अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।
उक्त अभियानले स्थानीय समुदायमा पनि सकारात्मक सन्देश दिएको र अभिभावक, पूर्वविद्यार्थी तथा विभिन्न संघसंस्थाहरूले पनि यस कार्यलाई स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

