रेबिज रोगबाट सचेत रहन मरिण गाउँपालिकाको आग्रह

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकाले शंकास्पद देखिएको कुकुरमा नमुना परिक्षण गर्दा नतिजा पोजेटिभ आएकाले रेबिज रोगबाट सचेत रहन आग्रह गरेको छ ।

पालिकाले हिजो आइतबार एक सूचना प्रकाशन गर्दे नमुना परिक्षण गर्दा नतिजा पोजेटिभ आएकाले रेबिज रोगबाट सचेत रहन आग्रह गरेको हो ।

पालिकाले गत सनिबार मरिण ७ मा कुकुरहरुमा रेबिज रोग सम्बन्धी नमुना (आर डि टी ) परीक्षण गर्दा पोजेटिभ आएकाले गर्दा उक्त परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण पालिकाबासीहरुलाई तथा पशुपालकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

साथै पालिकाले असामान्य व्यवहार देखाउने कुकुर वा अन्य जनावरको नजिक नजान र कुकुर वा अन्य जनावरले टोकेमा तुरुन्त साबुनपानीले कम्तीमा १५ मिनेटसम्म घाउ राम्रो सँग धोएर नजिकको स्वास्थ्य संस्थामा जानको लागि आग्रह गरेको छ ।

त्यस्तै आफ्ना घरपालुवा जनावरहरूलाई अनिवार्य रूपमा रेबिज विरुद्धको खोप लगाउन, शंकास्पद जनावर देखिएमा सुरक्षित दूरी कायम राख्दै सावधानी अपनाउन र यस्ता घटना देखिएमा तुरुन्त पशु सेवा शाखा, मरिण गाउँपालिका मा जानकारी गराउन मरिण गाउँपालिकाले पालिकाबासीहरुलाई आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *