वडास्तरीय बाल अधिकार तथा बालमैत्री स्थानीय शासन समिति गठन

सिन्धुुली /सिन्धुुलीमा आज आइतवार वडास्तरीय बाल अधिकार तथा बालमैत्री स्थानीय शासन समिति गठन गरीएको छ ।

आज एक कार्यक्रम बिच बालअधिकार सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यले कमलामाई नगरपालिका वडा नं. १३ मा समिति गठन गरीएको हो ।

सोहि अवसरमा वडास्तरीय बालअधिकार समिति तथा बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन गरिएको छ ।

कमलामाई नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष केशर बहादुर कार्कीको अध्यक्षतामा भएको वडास्तरीय बाल अधिकार तथा बालमैत्री स्थानीय शासन समिति गठनमा वडा सदस्यहरू, महिला बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख तथा कर्मचारीहरू, वडा सचिव, स्वास्थ्य स्वयंसेविका तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *