लागू औषधसहित दुईजना नियन्त्रणमा
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानस्थित वी पी राजमार्गमा लागू औषधसहित दुई जना युवकहरुलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा दुईलाई नियन्त्रणमा लिएका हो ।
उहाँको अनुसार झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४१९७ नम्बरको हायसमा सवार झापा शिवसताक्षी नगरपालिका–६ निवासी २७ वर्षीय निशान राय र बा ५ ख १९५७ नम्बरको हायसमा सवार मोरङ उर्लाबारी नगरपालिका–५ निवासी २३ वर्षीय साइमन गुरुङलाई नियन्त्रणमा लिएको हो ।
रायको को साथबाट ८.४५० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ भने गुरुङको साथबाट ५९० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ फेला पारी नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

