यस वर्षको (एसईई) परीक्षा चैत्र १९ गतेदेखि हुने, सिन्धुलीबाट ५ हजार भन्दा धेरै परीक्षार्थीहरु सहभागि हुँदै

सिन्धुली/यही चैत्र १९ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिन्धुलीबाट ५ हजार २ सय ३ जना परीक्षार्थीहरू सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीका प्रमुख मोहनबहादुर सुनुवारका अनुसार १९ गतेदेखि शुरु हुने परीक्षामा जिल्लाभित्रका विभिन्न सामुदायिक, निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरू गरी ५ हजार २ सय ३ जना परीक्षार्थीहरू सहभागी हुने भएका हुन् ।

कार्यालय प्रमुख सुनुवारका अनुसार सामुदायिक, निजी तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई परीक्षामा सहभागि हुनको लागि यस वर्ष २० वटा केन्द्रहरु तोकिएका छन् । समन्वय इकाइका अनुसार नियमिततर्फ यस वर्ष ४ हजार ४ सय ६१ जना सहभागि हुने छन् । साथै प्राविधिक तर्फ २ सय ३१ जना, ग्रेडवृद्धितर्फ ५ सय ८ जना र २०७९ अघिका ३ जना परीक्षार्थीहरु यस वर्षको परीक्षामा सहभागि हुने छन् ।

गत वर्ष जिल्लाभर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ हजार ७ सय ७२ जना परीक्षार्थीहरु सहभागी भएका थिए भने २७ वटा केन्द्रहरु तोकिएका थिए । तर यसपटक भने परीक्षार्थी र केन्द्र दुवै घटेका छन् । गत वर्ष भन्दा यस वर्ष ५२९ जना परीक्षार्थी घटेका छन् भने ७ वटा केन्द्र कम रहेका छन् ।

परीक्षालाई शान्त र भयरहित वातावरणमा सम्पन्न गराउँन शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले तिव्र तयारी गरिरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *