कारागारबाट भागेका एक जना पक्राउ

सिन्धुली/जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका एक जनालाई पक्राउ गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार जिल्लाको हरिहरपुरगढी गाउँपालिका ७ क्वाटर बस्ने ईन्द्र बहादुर फुँयालका २६ बर्षीय छोरा पुष्पराज फुँयाललाई पक्राउ गरीएको हो ।

उहाँको अनुसार उनि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार उनलाई आज (शुक्रबार) बिहान साढे ८ बजेको समयमा प्रहरी चौकी क्यानेश्वर सिन्धुलीबाट प्र.स.नि नागेन्द्र बैठाको कमाण्डमा खटी गएको टोलीले पक्राउ गरेको हो । सुवेदीको अनुसार उनी अभद्र व्यवहार मुद्दामा थुनामा परेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *