ट्रकले बसलाई ठक्कर दिँदा एक यात्रु घाइते

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका–२ चियावारीस्थित वि.पि. राजमार्ग सडक खण्डमा आज बिहिबार बिहान भएको सवारी दुर्घटनामा एक यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार घाइते हुनेमा बसमा सवार ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ बस्ने २६ वर्षीय कमल खड्का रहेका छन् ।

उहाँको अनुसार घाइते खड्काको गाला, खुट्टा र टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । घाइते खड्कालाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । हाल उनलाई थप उपचारको लागि आज दिउँसो करिब २ः०० बजेको समयमा काठमाडौँ तर्फ रिर्फर गरिएको प्रहरीले जानकारी दिएको छ ।

सुवेदीको अनुसार आज बिहान करिब ६ः१५ बजेको समयमा रोकी राखिएको ट्रकले ब्याक गर्ने क्रममा विपरीत दिशाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

प्रहरीको अनुसार कमलामाई नगरपालिका–४ बस्ने २४ वर्षीय हरी प्रसाद अधिकारीले चलाएको प्र.०१–०२–००२ ख ११४७ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा झापाको विर्तामोड नगरपालिका–५ बस्ने ३४ वर्षीय अमर बहादुर पौडेलले चलाएको प्र.०१–०१–००१ ख ४८६० नम्बरको बसलाई ठक्कर दिएको हो ।

दुर्घटनामा संलग्न दुवै सवारी साधनहरु र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *