बालबालिकाहरुको म्याराथन प्रतियोगिता २०८२ समापन

सिन्धुली /सिन्धुलीमा वडा स्तरीय बालबालिकाहरुको म्याराथन प्रतियोगिता २०८२ को समापन गरीएको छ ।

कमलामाई नगरपालिका वडा नं. ९ को आयोजनामा गरीएको प्रतियोगिताको आज बिहिबार एक कार्यक्रम बिच समापन गरीएको हो ।

प्रतियोगितामा करिब ३५० जना बालबालिकाहरुको सहभागिता रहेको थियो भने प्रतियोगिताको ४ वटा उमेर समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल समेत प्रदान गरीएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पनि यस्ता खेलकुदको कार्यक्रमहरूले महत्वपूर्ण हुने बताउनुभयो ।

त्यस्तै नगर उपप्रमुख मन्जु देवकोटाले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कमलामाई नगरपालिका ९ का वडा अध्यक्ष विनोद प्रधानको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख मन्जु देवकोटा , कमलामाई नगरपालिका ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्का , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी,वडा सदस्यज्यूहरू,न.पाका प्रशासन शाखा प्रमुख, सूचना प्रविधि शाखा प्रमुख, जिन्सी शाखा प्रमुख, इलाका प्रहरी कार्यालय, स्वास्थ्य चौकी भिमान, रानिवास स्वास्थ्य चौकीका प्रतिनिधिहरूको लगाएतको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *