मरिण आधारभूत अस्पतालमा आँखा उपचार इकाईको उद्घाटन
सिन्धुली/मरिण गाउँपालिका अन्तर्गत रहेको मरिण आधारभूत अस्पतालमा आँखा उपचार इकाईको उद्घाटन गरिएको छ ।
आज बुधबार एक विशेष समारोह बिच आँखा उपचार इकाईको पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य गंगा नारायण श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।
तिलगङ्गा आँखा प्रतिष्ठान तथा गुड भिजन नेपाल को सहयोगमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रबाट मरिण गाउँपालिका सहित हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका र घ्याङ्लेख गाउँपालिका गरी ३ पालिकाहरुले सेवा लिन सक्ने छन् ।
पालिकाले अस्पतालमा आँखा जाँचको सेवा सुरु गरे पश्चात आगिमी दिनहरुमा आँखा उपचारको लागि अब माढीबजार,सर्लाही,हेटौंडा,काठमाडौं जानु नपर्ने भन्दै स्थानियहरुले खुशी व्यक्त गरेका छन् ।त्यस्तै चैत्र १४ र १५ गते २ सय २० जनाको आँखाको अप्रेशन गरिने समेत पालिकाले जानकारी दिएको छ ।
उद्घाटन समारोह गाउँपालिका अध्यक्ष विमर्श मोक्तानको अध्यक्षता तथा पूर्व मन्त्री एवं बागमती प्रदेश सभा सदस्य गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगायत स्वास्थ्यकर्मी, पत्रकार, नागरिक र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

