दुई पालिकामा निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन
सिन्धुली / जिल्लाको दुई पालिकाले निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चाल गरेको छ ।
जिल्लाको मरिण गाउँपालिका र सुनकोशी गाउँपालिकाले निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चाल गरेको हो ।
पालिकाकाके अनुसार वैदेशिक रोजगारीको सिलसिलामा विदेशीएका कामदार र निजको परिवारमा वैदेशिक रोजगारीका कारणले मनोसामाजिक तथा मानसिक समस्या भोगिरहेका व्यक्ति, निजहरुको परिवार, समुदायका व्यक्ति तथा विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क मनोसामाजिक परामर्श सेवा सञ्चालन गरीएको हो ।
विशेषत पारिवारिक समस्या र सामाजिक समस्या सम्बन्धी परामर्श, हिंसा वा दुव्र्यवहार सम्बन्धी परामर्श, मानसिक वा भाबनात्मक तनाव र चिन्ता सम्बन्धी परामर्श, बालबालिका तथा किशोर–किशोरीहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिहेको दुबै गाउँपालिकाले जनाएको छ । सो अवधिभर मरिण गाउँपालिकामा बिनोद कुमार कार्की र सुनकोशी गाउँपालिका रन्जिता भारतीले परामर्श सेवा प्रदान गर्नुहुने गाउँपालिकाले जानकारी दिएको छ ।
दुबै गाउँपालिकाहरुले सूचना प्रकाशन गर्दै पालिका भित्रका मनोसामाजिक समस्यामा रहेका व्यक्तिहरुलाई सेवाहरु लिनको लागि आग्रह समेत गरेको छ ।

