गोलन्जोरमा कृषकहरुलाई कृषि औजार (मिनी टेलर) वितरण
सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार (मिनी टेलर) वितरण गरेको छ ।
पालिकाले हिजो सोमबार एक कार्यक्रमको आयोजना गर्दे पालिकाका कृषकलाई ११ वटा मिनी टेलर प्रदान गरेको हो ।
कृषि औजार (मिनी टेलर) गोलन्जोर ७ का कृषकहरु लाई प्रदान गरीएको पालिकाले जानकारी दिएको छ ।
वडा नम्बर ७ खुर्कोटको ६० प्रतिशत अनुदान र कृषि सहकारी संस्था लिमिटेडको ४० प्रतिशत लगानीमामा कृषि कार्यलाई आधुनिक, सहज र उत्पादनमुखी बनाउने उदेश्यका साथ कृषि औजार (मिनी टेलर) वितरण गरीएको हो।
पालिकाले यस्ता कार्यक्रमले गर्दा किसानलाई श्रम बचत गर्न, समयमै खेतीपाती गर्न र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास राखेको छ भने गाउँपालिकाले आगामी दिनमा पनि किसानमैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै कृषि क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने बताएको छ ।
पालिकाले यस्ता प्रकार सेवा सुविधाहरु समय समयमा दिँदै आईरहेको छ । कृषि औजार (मिनी टेलर) पाए पश्चात कृषकहरु निकै हर्षित हृँदै पालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।

