घ्याङ्लेखमा निःशुल्क लोकसेवा तथा शिक्षकसेवा आयोग तयारी कक्षा संचालन हुने
सिन्धुली/सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा निःशुल्क लोकसेवा तथा शिक्षकसेवा आयोग तयारी कक्षा संचालन हुने भएको छ ।
पालिकाभित्रका दलित, जनजाति र सिमान्तकृत युवायुवतीहरुलाई लक्षित गरि कक्षा संचालन गर्न लागिएको निःशुल्क लोकसेवा तथा शिक्षकसेवा आयोग तयारी कक्षा गाउँपालिकाको आयोजनामा हुन लागेका हो ।
लोकसेवा तथा शिक्षकसेवा आयोग तयारी कक्षा चैत महिनामाको पहिलो हप्ताबाट अनलाईन विधि मार्फत संचालन हुने पालिकाले जानकारी दिएको छ ।
आर्थिक बर्ष २०८२÷८३ को बजेट, नीति तथा कार्यक्रम अनुसार निशुल्क लोकसेवा तथा शिक्षक सेवा (सङ्घीय÷प्रादेशिक लोकसेवा आयोगबाट विज्ञापन हुने र संगठित संथाको विभिन्न पदहरुको समेत) तयारी कक्षा संचालन हुन लागेको हो ।
पालिकाको अनुासार पालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेका तथा महिला र अपाङ्गको हकमा १८ बर्ष पुरा भई ४० बर्ष ननाघेका इच्छुक व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाण पत्र तथा शैक्षिक योग्यता र आवश्यक प्रमाणहरुको फोटोकपि सहित पालिकाको कार्यालय निवेदन पेश गर्नुपर्ने छ ।

