मरिणमा १४ र १५ गते मोतिविन्दुको लागि निःशुल्क शल्यक्रिया शिविर हुँदै

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा मोतिविन्दुको लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।

पालिकाले शुक्रबार एक सूचना प्रकाशन गर्दे मोतिविन्दुको लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने जानकारी दिएको हो ।

शिविर मरिण गाउँपालिका तथा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौंको संयुक्त आयोजनामा यहि चैत्र १४ र १५ गते मरिण गाउँपालिका ६ छापस्थित मरिण आधारभूत अस्पताल (कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र) मा सञ्चालन हुने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।

गाउँपालिकाको अनुसार शिविर बिहान ८ बजे देखि सञ्चालन हुने छ । पछिल्लो समय गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन भएका स्क्रिनिङ शिविरबाट छनौट भएका सबै आँखाका बिरामीहरु शल्यक्रियाका लागि उपस्थिति हुन गाउँपालिकाले अनुरोध गरेको छ ।

साथै चैत्र ५ गते देखि १२ गतेसम्म प्रत्येक दिन बिहान १० बजे देखि बेलुका ५ बजे सम्म मरिण आधारभूत अस्पतालमा अन्य थप बिरामीहरुको आँखाका शल्यक्रियाका लागि नियमित आँखा जाँच तथा स्क्रिनिङ शिविर समेत सञ्चालन हुने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

गाउँपालिकाले आँखामा हुने मोतिविन्दुको समस्या भएका व्यक्तिहरुलाई उपचारमा सहभागि हुन पालिकाबासी हरुलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *