मोटरसाइकलले ठक्कर दिँदा ८२ वर्षीय वृद्धाको मृत्यु

सिन्धुली/सिन्धुलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार मृत्यु हुनेमा स्थानीय ८२ वर्षीय कौशिला माया गिरी रहेका छन् ।

उहाँको अनुसार गत राति आइतबार ८ः३० बजेको समयमा मदनभण्डारी राजमार्ग अन्तर्गत जिल्लाको कमलामाई नगरपालिका ९ इनारपानीमा सिन्धुलीबाट दुधौली तर्फ जादैँ गरेको प्र.१–०५–००१ प ९५५७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोहि स्थानमा बस्ने वृद्धाको मत्यु भएको हो ।

आफ्नै पसल अगाडी बसिरहेकी गिरीलाई अचानक मोटरसाइकल आई ठक्कर दिँदा छातीमा चोट लागी अवस्था गम्भिर भएको थियो । ठक्करबाट गम्भिर घाइते भएका निजलाई तत्काल स्थानिय मेडिकलमा सामान्य उपचार गरि थप उपचारको लागि शुभस्वस्तिक अस्पताल बर्दीबास तर्फ पठाइएको थियो ।

तर राती ८ः५० बजेको समयमा गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको जानकारी दिनुभयो ।निजको शव सोहि अस्पताल मै रहेको छ । हाल मोटरसाइकल र मोटरसाइकल चालक कमलामाई नगरपालिका ९ इनारपानीका ४० वर्षीय विदुर गुरुङलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *