प्रहरीले गर्याे भरुवा बन्दुक बरामद

सिन्धुली/सिन्धुलीमा आज शुक्रबार प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकास सुवेदीको अनुसार तीनपाटन गाउँपालिका–५ लंगुरखोला स्थित टंकमान तामाङको घरबाट एक थान र भोजराज गोलेको घरबाट दुई थान भरुवा बन्दुक बरामद गरिएको हो ।

प्रहरी निरीक्षक सपना खड्काको नेतृत्वमा खटिएको टोलीको विशेष सूचनाको आधारमा उक्त बन्दुकहरू बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकास सुवेदीले जाकारी दिनुभयो ।
सुवेदीको अनुसार बन्दुक धनीको खोजतलास र अनुसन्धान भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *