सिन्धुलीमाढीमा निर्वाचन आचारसंहिता र मिडिया अन्तरक्रिया

सिन्धुलीमा/ सिन्धुलीमाढीमा आज बुधबार निर्वाचन आचारसंहिता र मिडिया अन्तरक्रिया गरीएको छ ।अन्तरक्रिया प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सिन्धुलीको संयोजन भएका हो ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालका प्रमुख स्किम श्रेष्ठले जिल्लामा हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी कुनै उजुरी नपरेकोमा खुशी व्यक्त गर्दे आउँदो २१ गते हुन गैरहेको निर्वाचनमा जिल्लका पत्रकारहरूले अझ बढी गम्भीर, मर्यादित र संवेदनशील भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै उहाँले समाचार प्रकाशन गर्दा समाजका मानिसहरुलाई असर नपर्ने गरी प्रकाशन गर्न आग्रह गर्नुभयो । सबैको सहयोग मिल्यो भनेमात्र चुनाव राम्रो संग सम्पन्न हुने भएकाले सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा , जिल्ला प्रहरी प्रमुख, निर्वाचन अधिकृत,जिल्लका पत्रकारहरु लगाएतको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *