मरिणमा बाल्टिनको पानीमा डुबेर एक शिशुको मृत्यु
सिन्धुली/सिन्धुलीमा आज बुधबार कपडा धुन राखेको बाल्टिनको पानीमा डुबेर एक शिशुको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार मरिण गाउँपालिका वडा नं. २ शिखर तिनघर घर भएका अक्कल बहादुर वाईबाका करिब ९–१० महिनाका छोरा सुक्के वाईबाको मृत्यु भएको हो ।
उहाँको अनुसार आज विहान ८ बजेको समयमा घरमै पानी भरेर राखेको बाल्टिनमा खेल्ने क्रममा शिशु डुवेर गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका शिशुलाई उपचारको लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लागिएको थियो । शिशुलाई उपचारको क्रममा चिकित्सकले विहान ११ ः २२ बजेको समयमा मृत्यु घोषणा गरेका हुन ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

