३६ लाख रुपौयाँ भन्दा धेरैको बिलबिजक नभएको सामान नियन्त्रणमा
सिन्धुली/ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीले ३६ लाख रुपौयाँ भन्दा धेरेको बिलबिजक नभएको सामान नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीको अनुसार हिजो आईतबार दिउँसो १ बजेको समयमा अवैध रुपमा बोरा भित्र लुकाई छिपाई ल्याईएको ३६ लाख १३ हजार ७ सय मुल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
उहाँको अनुसार उक्त सामान गोलन्जोर गाउँपालिका ७ खुर्कोट चेकपोईन्ट स्थित वि.पी. राजमार्गमा खटीएको चेकिङ टोलीले सवारी चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सोलुतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७२२० नम्बरको डबल क्याप बोलेरो भित्र अवैध रुपमा बोरा भित्र लुकाई छिपाई ल्याईएको थियो ।
सूवेदीको अनुसार २६ लाख मुल्य बराबरको बोलेरो, १ लाख २१ हजार ५ सय रुपैया बराबरको ८१ पिस कोलम्बिया ज्याकेट, फेसन स्पोट ज्याकेट ८७ पिस १ लाख ५६ हजार ६ सयको, कोलम्बिया ट्याक ४ सय ८९ पिस ४ लाख ८९ हजार मुल्य बराबरको, लेडिज कालो ट्राउजर १८ पिस १० हजार ८ सय मुल्य बराबरको र फेसन स्पोट ट्राउजर २ सय ६२ पिस २ लाख ३५ हजार ८ सय रुपैयाँ मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
प्रहरीको अनुसार उक्त बोलेरो सहित चालक उदयपुरको कटारी नगरपालिका ९ बस्ने २५ बर्षीय प्रेम बहादुर सार्कीलाई ईलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई थप अनुसन्धान पश्चात आज सोमबार आवश्यक अनुसन्धान गरी थप कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो ।

