बस दुर्घटनामा हराई बेपत्ता भएका बालकको शव भेटियो
सिन्धुली/सुनकोशी किनारामा बस दुर्घटनामा हुँदा बेपत्ता भएका बालकको शव भेटियोरामेछापमा बस दुर्घटना भएको एक हप्ता पश्चात सुनकोशी नदीको किनारामा एक बालकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार मृत अवस्थामा फेला परेको बालक रामेछाप मन्थली नगरपालिका २ पिप्ले बस्ने हेमलाल तामाङको छोरा ९बर्षका कृचन तामाङ रहेका छन् ।
उहाँको अनुसार आज सोमबार बिहान करिव साढे ७ बजेको समयमा गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदीको किनारामा बालकको शव फेला परेको हो ।
बालक रामेछाप मन्थली नगरपालिका ६ बेनिघाट पुल नजिकै माघ २७ गते भएको प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटनामा परि तामाकोशीमा बेपत्ता भएका थिए । प्रहरीको अनुसार रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुगीसकेको छ भने । यस अघि माघ २७ गते नै १२ जनाको शव फेला परेको थियो ।

