स्थानिय सरकारको कार्यसम्पादन मुल्याङ्कनमा कमलामाई जिल्लाकै उत्कृष्ट
सिन्धुली/स्थानिय सरकारको कार्यसम्पादन मुल्याङ्कनमा सिन्धुलीको कमलामाई नगरपालिका जिल्लाकै उत्कृष्ट भित्र परेको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक बर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा नौ ओटा स्थानिय सरकारलाई पछि पार्दे ७१ दशमलब ३४ अंक प्राप्त गरेर कमलामाई नगरपालिका पहिलो भएको हो ।
जसअनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको दोस्रो भएको फिक्कल गाउँपालिकाले ६९ दशमलब ६२ अंक पाएको छ भने दुधौली नगरपालिका ६४ दशमलब ५४ अंक पाएको छ । साथै घ्याङलेक गाउँपालिकाले ६४ दशमलब २१ अंक ल्याएर चौथो बनेको छ ।
सुनकोशी गाउँपालिका ५७ दशमलब ८१ अंक प्राप्त गरी पाँचौ हुदा तिनपाटन गाउँपालिकाले ५७ दशमलब ८० अंक प्राप्त गरी छैटौ स्थानमा पुगेको छ ।
साथै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा गोलन्जोर गाउँपालिका ५५ दशमलब १६ प्राप्त गरी सातौ स्थानमा रहेको छ भने हरिहरपुरगढी गाउँपालिकाले ५४ दशमलब ७७ अंक प्राप्त गरी आठौ स्थानमा परेको छ ।त्यस्तै ५१ दशमलब ७५ अंक मात्रै प्राप्त गरेर जिल्लाको मरिण गाउँपालिका पुच्छारमा परेको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा १०० पूर्णांक राखेर मूल्यांकन गर्ने गरेको छ ।

