सिन्धुलीमा ला.प.से. चेकजाँच,३ जना चालक नियन्त्रणमा
सिन्धुली/सिन्धुलीमा आज बिहिबार मदनभण्डारी राजमार्ग र वि.पि. राजमार्गमा चल्ने सार्बजनिक सवारी साधनहरुको ला.प.से. चेकजाँच गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार आज दुई ओटा राजमार्गमा चल्ने सार्बजनिक सवारी साधनहरुका चालक र सहचालकहरुको ला.प.से. चेकजाँच गरिएको हो ।
उहाँको अनुसार लापसे गरेका ३ वटा सवारी साधन र त्यस्का चालकहरुलाई नियन्त्रणमा लिईएको छ भने ५४ वटा साना ठुला सवारी साधन चेकजाँच गरीएको थियो ।
साथै प्रदेश २–०३–००१ ख ३३९९ नम्बरको टिपर चालक धनुषाको जनकपुर उपमहानगरपालिका ३ बस्ने २२ बर्षीय धिरज राउत, बाग्मती प्रदेश०१–०२६ च ४८१७ नम्बरको पिकअप चालक सर्लाहीको बरहथवा नगरपालिका ५ बस्ने २८ बर्षीय अनिल कुमार कुशहवा र प्रदेश १–०२–००२ ख ११४७ नम्बरको ट्रक चालक मोरङको बिराटनगर उपमहानगरपालिका ४ बस्ने २९ बर्षीय दशरथ राजबंशीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो ।
प्रहरीको अनुसार सिन्धुलीको कमलामाई नगपालिका ९ भिमान बसपार्कमा जिल्ला ट्राफिक प्रहरी कार्यलय, इलाका प्रहरी कार्यालय भिमान र जिल्ला अस्पताल सिन्धुलीका चिकित्सक सहित १५ जनाको टोलीको सहयोगमा चालक र सहचालकहरुलाई लापसे. चेकजाँच गरीएको हो ।

