सुनकोशी मरिण डाईभर्सन आयोजनाको निर्माणमा एक जना कामदारको मृत्य
सिन्धुली/सुनकोशी मरिण डाईभर्सन आयोजनाको निर्माण स्थलमा पुरानो घर भत्काउने क्रममा फलामको बिमले थिचेर एक जना कामदारको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार मृत्यु हुनेमा कमलामाई १ आंपचौर बस्ने अन्दाजी ३१बर्ष का अर्जुन भुजेल रहेका छन् ।
उहाँको अनुसार भुजेलको उपचारको क्रममा मृत्यु भएको हो ।उनी आज बुधबार साँझ ५ .१० बजेको समयमा फलामको बिमले थिचेर घाइते भएका थिए ।घाइते भएका भुजेलको टाउको,अनुहार र घाटीँमा गम्भिर चोट लागेको थियो । गम्भिर चोट लागेको भुजेललाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्यइएकोमा उनलाई उपचारको क्रममा ५ः२० को समयमा चिकित्सकले मृत घोषणा गरेका हुन ।
प्रहरीको अनुसार घटना बारे थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया

