अपाङ्गता भएका महिलाहरुका लागि ५ दिने तालिम सुरु
सिन्धुली/सिन्धुली महिला अपाङ्ग संघले आज मंगलबार बाट अपाङ्गता भएका महिलाहरुका लागि ५ दिने क्रिष्टलको गहना बनाउने तालिमको आयोजना गरेको छ ।तालिममा ५दिन सम्म जिल्ला भरका लगभग १० जना अपाङ्गता भएका महिलाहरुको सहभागिता रहने छ ।
जिल्ला महिला अपाङ्ग संघका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा)को अनुसार ५ दिने क्रिष्टलको गहना बनाउने तालिम अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मा निर्भर बनाउने उद्देश्यल आयोजना गरीएको हो । क्रिष्टलको गहना बनाउने तालिम पश्चात सहभागिहरुले राम्रो संग सिक्ने र त्यस्लाई आफैले व्यवसायी गरेर बजारीकरण गर्न सक्ने अपेक्षा गरिएको सिन्धुली खबरलाई बताउनुभयो ।
साथै उहाँले क्रिष्टलको गहनाहरु बनाउनको लागि धेरै ठाउँ नलाग्ने र मार्केटमा पनि यस्ता सामानहरुको धेरै माग भए पश्चात अपाङ्गता भएका व्यक्तिहरूलाइ पनि सहज नै ढङ्गले बताउन र बजारीकरण गर्न सजिलो हुन्छ भन्ने हिसाबले आयोजना गरेको बताउनुभयो ।
सिन्धुलीमाढीमा ५ दिन सम्म संचालन हुने उक्त तालिममा शोभा थापा मगरले प्रशिक्षण गराउनु हुने छ । उहाँले हाल सम्म धेरै ठाउँहरुमा गएर यस्ता प्रकारका प्रशिक्षण गराई सक्नुभएको छ । साथै अध्यक्ष देवकोटाको अनुसार तालिम एबलिस फाउन्डेसको सहयोगमा भएको हो ।

