सरकारी तथा गैरसरकारी संस्थाहरुको अर्धवार्षिक प्रगति समीक्षा

सिन्धुली/जिल्ला स्थित सरकारी कार्यालयहरु तथा गैरसरकारी संस्थाहरुबाट आ.व. २०८२/०८३ को प्रथम अर्धवार्षिक अवधिमा सम्पन्न तथा कार्यान्वयनको चरणमा रहेका कार्यक्रमहरुको अर्धवार्षिक प्रगति समीक्षा गरीएको छ ।आज आईतबार सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजना गर्दे यस आवको सरकारी कार्यालयहरु तथा गैरसरकारी संस्थाहरुको अर्धवार्षिक प्रगति समीक्षा गरीएको हो ।

सो कार्यक्रममा जिल्लाका जिल्ला स्थित सरकारी कार्यालयहरु तथा गैरसरकारी संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले यस आ.व. २०८२÷०८३ को ६ महिना सम्म गरीएको प्रगती विवरणलाई प्रतिवेदन मार्फत प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिको सिन्धुलीको आयोजना भएको अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा बागमती प्रदेशका पूर्व कानुन मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रमलाई समोधन गनुहुँदै प्रमुख अतिथि तथा बागमती प्रदेशका पूर्व कानुन मन्त्री गंगा नारायण श्रेष्ठले सरकारी कार्यालयहरु तथा गैरसरकारी संस्थाहरुले ६ महिना सम्म गरेको काम सन्तोस जनकनै रहेको बताउनुभयो । गत भदौमा भएको अन्दोलानको कारण देशनै अस्तव्यस्थ भएको बेलामा पनि यस काम गर्नु सन्तोस जनकनै रहेको बताउनुहुँदै पूर्व कानुन मन्त्री श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।साथै उहाँले हाल सम्म पनि निजामती कर्मचारी ऐन बनाउन नसकेको र थारै बनाय पनि त्यसलाई कार्यानयमा ल्याउन नसकेकोमा दुख व्यक्त गर्नु भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *