एम आई टि एजुकेशन सेन्टरले मनायो पहिलो वार्षिकोत्स
सिन्धुली/एम आई टि एजुकेशन सेन्टर सिन्धुलीले पहिलो वार्षिकोत्सव मनाएको छ ।आज अइतबार एक विशेष समारोह बिच एम आई टि एजुकेशन सेन्टर सिन्धुलीले कमलमाई नगरपालिका सिन्धुलीका उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा पहिलो वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा एम आई टि एजुकेशन सेन्टर सिन्धुलीले विभिन्न प्रतियोगिताहरुको आयोजना गरी पहिलो,दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल टिमहरुलाई आज नगद र प्रमाणपत्र वितरण गरेको छ । साथै सोहि अवसार पारेर उक्त कार्यालयमा कार्यरत कर्मचारीहरु लाई समेत सम्मान गरीएको थियो भनेबौद्धिक अपाङ्गता भएका जिल्लाका २७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरीएको थियो ।
सो अवसारमा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका कमलामाई नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले कम्प्युटर एउटा सामान्य साधन नभई हाल सम्म आइपुग्दा यसले शिक्षा,स्वास्थ्य ,संचार र व्यापार जस्ता हरेक क्षेत्रमा कामलाई छिटो सहि र सहज बनाउँदै आएको र एम आई टि एजुकेशन सेन्टर सिन्धुलीले जिल्लामा यस क्षत्रमा निकै ठुलो भुमीका खेलेको बताउनुभयो ।हाल सम्म सो सेन्टरमा २ सय भन्दा धेरै विद्यर्थीहरुले सेवाहरु लिसकेका समेत उहाँले बताउनुभयो ।
त्यस्तै सोहि अवसरमा एम आई टि एजुकेशन सेन्टर सिन्धुलीका प्रवन्धक तथा निर्देशक सुधा परीयारले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
एम आई टि एजुकेशन सेन्टर सिन्धुलीका कार्यालय प्रमुख मिलन थापाको अध्यक्षतामा भएको कार्याक्रममा नगरका शिक्षा प्रमुख नवरान बराल, बालबालिका शाखा प्रमुख ,जिल्ला महिला अपाङ्ग संघका अध्यक्ष दिल कुमारी देवकोटा ,जिल्लका क्रियासील पत्रकारहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

