राजस्व छली ल्याएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय पठाइयो
सिन्धुली/सिन्धुलीमा राजस्व छली ल्याएको सामान सहितको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई आइतबार भन्सार कार्यालय पठाएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीको अनुसार जिल्लाको कमलामाई १ बस्ने रमेश बहादुर सार्कीका २० वर्षीय छोरा निरोज कोइरला सार्कीले चलाएर ल्याएको बागमति प्रदेश ०१–०२७ च ७२४७ नम्बरको योद्दा पिकअप गाडीमा सामानहरूको दर रेट कम राखि शंकास्पद बिल बनाई ल्याएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उहाँको अनुसार माघ १६ गते राती ९ः०० बजेको समयमा सिन्धुलीको गोलन्जोर ७ खुर्कोट बजार स्थित चेकपोइन्टमा बीपि राजमार्गमा आवतजावत गर्ने सवारी साधनलाई चेकजाँच गर्ने क्रममा प्रहरीले सामानहरु बरामद गरेको हो ।उक्त गाडीमा ५ लिटरको १३६ थान सितल गोल्ड कुकर, ३ लिटरको ६८ थान अनुराग गोल्ड कुकर, ३ लिटरको २५ थान अम्बे कुकर, २ लिटरको ३७ थान अम्बे कुकर, ५ लिटरको ५० थान अम्बे कुकर र ५ लिटरको ११ थान ब्राईटहोम कुकर रहेको थियो ।
त्यस्तै ३ लिटरको २ थान ब्राईटहोम कुकर, १.६ लिटरको ३२ थान ब्गगिल ईस्टिल टिफिन बक्स, १.८ लिटरको १९ थान ब्राईटहोम ईलेक्टिक जग, २.२ थान लिटरको ४ थान ब्राईटहोम राईस कुकर, ९१ थान ईस्टीलको खण्डेथाल र ३८ थान तामा जस्तो देखिने गिलास समेत सोहि गाडीमा लोड गरि ल्याइएको अवस्थामा फेला पारिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकाश सुवेदीको अनुसार शुक्रबार बरामद गरिएको उक्त सामान, गाडी र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिन्धुली खुर्कोटमा लगि अनुसन्धान गरि आइतबार अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

