सिन्धुलीमाढीमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सम्बन्धी अन्तरक्रिया

सिन्धुली/सिन्धुलीमाढीमा सनिवार अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सिन्धुली अपाङ्ग महिला संघको आयोजनामा तथा टेवा धापाखेल ललितपुरको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियामा अपाङ्गता भएका व्यक्ति र अविभावकहरु गरी ४० जनाको सहभागिता रहेको थियो ।सिन्धुली अपाङ महिला संघका अध्यक्ष दिल कुमारी देवकोटा (दिपा) को अनुसार राज्यले सुनिश्चित गरेका हक अधिकारको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उदेश्यले सो अन्तरक्रिया कार्यक्रमको अयोजना गरीएको हो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई कानुन बमोजिम प्राप्त हुने सामाजिक सुरक्षाको हक, सुविधा तथा सेवाका विषयमा जानकारी समेत प्रदान गरिएको थियो ।

सिन्धुली अपांग महिला संघका अध्यक्ष दिलकुमारी देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली अपांग विश संघ सिन्धुलीका अध्यक्ष बविता थापा, अपांग कल्याण संघ सिन्धुलीका अध्यक्ष इच्छा बहादुर सार्की, सिन्धुली अपांग महिला संघका सल्लाहकार सरिता घिमिरेले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो कार्यक्रममा अपांगता अधिकारकर्मी एवम् नवज्योति बहिरा माविका प्रधानाध्यापक विजय लामाले अपांगता भएका व्यक्तिहरुको निव राजनीतिक अधिकार सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *