फिक्कलमा ६ दिने पशुपन्छी स्वास्थ्य शिविर संचालन हुने

सिन्धुली/जिल्लाको फिक्कल गाउँपालिकामा ६ दिने पशुपन्छी स्वास्थ्य शिविर संचालन हुने भएको छ ।पालिकाको आज बिहिबार एक सूचना जारी गर्दै आर्थिक बर्ष २०८२ २०८३ को साझेदारीमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत शिविर संचालन हुन लागेको जानकारी दिएको हो ।

पालिकाको अनुसार पालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुहिक सरोकार समाज सिन्धुली नेपालको संयुक्त आयोजनामा उक्त शिविर संचालन हुन लागेको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरिएको छ ।

शिविर ६ दिन सम्म अर्थात २० गते देखी २५ गते सम्म पालिकाको विभिन्न वडाहरुमा सञ्चालन हुने पालिकाको जानकारी दिएको छ ।

पालिकाको प्रकाशित सूचना अनुसार शिविरमा बहर, बोका, थुमा बन्ध्याकरण, गोबर परीक्षण, बाँझोपन निवारण सेवा, पाठेघर जाँच र पशुपालन सम्बन्धी परामर्श प्रदान गरिने छ । साथै, आन्तरिक तथा वाह्य परजीवी विरुद्ध औषधी वितरण गरिने छ भने कुकुरलाई रेविज विरुद्धको खोप पनि लगाईने छ ।

साथै शिविर आउँदो माघ २० गते वडा नम्बर १ को ढोडेनी सिमलभञ्ज्याङमा, २१ गते ३ नम्बर वडाको झगरे खुरहरी मनापु भञ्ज्याङमा, २२ गते वडा नम्बर २ को पौँती पोखरी चण्डीभञ्ज्याङमा संचालन हुने छ ।

साथै माघ २३ गते वडा नम्बर ४ को नागदह ठुलीबन गाईखुरे चौतारामा, २४ गते वडा नम्बर ५ को ठुलढुङ्गा जाङजाङ सोल्पाठानामा र २५ गत वडा नम्बर ६ को देउकीडाँडा दारेगौँडा भिरगाउँमा संचालन हुने सूचनामा उल्लेख गरिएको छ ।

शिविर वडा नम्बर १,४,५,६ मा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म र वडा नम्बर २,३ मा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुने छ ।

गाउँपालिकाले ६ दिने उक्त शिविरमा उपस्थित भई लाभ लिन सम्पुर्ण पशुपन्छी पालक कृषकहरुलाई सूचना मार्फत अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *