लागु औषध सहित मोटसाइकललाई नियन्त्रणमा

सिन्धुली/प्रहरीले लागु औषध सहित मोटसाइकललाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको अनुसार वि.पी.राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई  ९ भिमान बसपार्कबाट ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु के.सी खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले लागु औषध सहित मोटसाइकललाई नियन्त्रणमा लिएको हो ।

उहाँको अनुसार गत माघ ९ गते बर्दीबासबाट भिमानतर्फ आउँदै गरेको बा ८५ प ६०२६ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति प्रहरी टोलीलाई देख्नासाथ मदन भण्डारी राजमार्गतर्फ भाग्न थालेपछि प्रहरीले उक्त मोटरसाइकललाई पछ्याएको थियो ।

सो मोटरसाइकल पछ्याउँने क्रममा काउछेस्थित भित्री कच्ची सडकखण्डमा मोटरसाइकल चालकले मोटरसाइकल तथा मोटरसाइकलमा रहेको बोरा छोडी जंगलतर्फ फरार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश सुवेदीको जानकारी दिनुभयो ।

त्यस्तै उहाँको अनुसार बोराभित्रबाट एक्सप्लोन न्यु लेखिएको ३० बोतल, अनस्केन यू लेखिएको १० बोतल, कोडिन फस्फेट र ट्राइफ्रोलिडिन एचसीएल लेखिएको २० बोतल लागुऔषध जस्तो देखिने झोल पदार्थ र स्पास्मो यू लेखिएको ८० पिस साथै नाइट्राजेपाम १० लेखिएको पिस ट्याबलेट फेला परेको थियो ।

फरार चालकको नाम, थर तथा वतन खुल्न नसके पछि मोटरसाइकलको सवारी धनीबारे यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट बुझ्दा कनपा ७ बस्ने जिवन कुमार बस्नेत रहेका प्रहरीले जानकारी दिएको छ ।बस्नेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *