लागु औषध सहित दुईजना नियन्त्रणमा

सिन्धुली/जिल्लामा लागु औषध सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सूवेदीको अनुसार पक्राउ पर्नैहरुमा सिन्धुलीको दुधौली नगरपालिका ११ बस्ने २२ वर्षीय बाल कुमार मगर र टेकेन्द्र मगर रहेका छन् ।

सुवेदीको अनुसार गत राती मंगलबार १०ः३० बजेको समयमा दुधौली नगरपालिका ११ राजाबास स्थित सडकखण्डमा हिडिरहेका दुईजना पैदल यात्रीले इलाका प्रहरी कार्यालय सिन्धुलीबाट खटेको गस्ती टोलीलाई देखी भाग्न खोज्दा प्रहरीलाई शंका लागि चेकजाँच गर्दा NITZASCEN १० लेखिएको ३८९ ट्याप्लेट लागु औषध फेला परेको थियो ।

हाल लागु औषध सहित दुबैजनालाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *